अर्थले कोरोना विरुद्धको खोप किन्न ५० करोड दियो


काठमाडौं – अर्थ मन्त्रालयले कोरोना विरूद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई कुल १ अर्ब रूपैयाँ चलाउन स्वीकृति दिएको छ । अर्थ स्रोतका अनुसार ५०–५० करोड गरी २ बल्कमा चलाउने सहमति दिएको हो ।

सरकारले यसअघि कोरोनाविरूद्धको खोप कोषमा ५० करोड जम्मा गरिसकेको छ ।

अर्थले कोरोनाविरूद्धको खोप किन्न स्वास्थ्यलाई सहमति दिएको हो । सरकारले २० लाख खोप किन्ने निर्णय गरेकामा भारतीय कम्पनी सिरम इन्स्टिच्युटले ८० प्रतिशत रकम एड्भान्स मागेको छ ।

२० लाख डोज खोप किन्न ९२ करोड रूपैयाँ आवश्यक पर्छ ।

प्रतिक्रिया