प्रहरीको आँखा छलेर अनेरास्ववियुद्वारा मन्त्रीलाई कालो झण्डा


बुटवल – समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ ।

केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए ।

उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र प्रहरीको आँखा छलेर पाल्पामा रोडमा देखाएको बताए । अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

आज मन्त्रीहरू झण्डा देखाएको हो। चरणबद्ध कार्यक्रम अन्तर्गत भोलि सडकमा कानुन व्यवसायीहरूसँग बहस गर्ने जनाएको छ ।

प्रतिक्रिया