चुनाव मिति घोषणाको माग गर्दै अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक


काठमाडाैं – एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले चुनावको मिति घोषणाको माग गर्दै आन्दोलनका क्रममा सार्वजनिक गरेको छ ।

आन्दोलन स्वरुप माघ १७ गते देशभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराउने र सोही दिन २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नका लागि क्याम्पस गेटमा कालो ब्यानर राखिने अनेरास्ववियुले जनाएको छ ।

यस्तै माघ १८ गते स्थानीय निर्वाचन घोषणा नगरे प्रतीकात्मक रुपमा प्रतिगामी सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालो झण्डा देखाउने, माघ १९ गते काठमाडौं र प्रदेश राजधानीहरूमा कानूनविदहरूको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियुले लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्नका लागि तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया