प्रदेश १ का मुख्यमन्त्रीलाई अनेरास्ववियुकाे कालोझण्डा


काठमाडाैं – नेकपा एमाले निकट अनेरास्ववियुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएको छ । भागवण्डा मिलाउन मन्त्रालय फुटाएको विरोधमा विराटनगर विमानस्थल बाहिर मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

यसक्रममा अखिल कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको थियो । सत्ता टिकाउनकै लागि मन्त्रालय टुक्राएर राज्यलाई आर्थिक भार थपेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघले बिहीवार कालो झण्डा देखाएका हुन्।

त्यसक्रममा अनेरास्ववियुका केन्द्रीय उप–महासचिव भाष्कर खनाल लगायतलाई सुरक्षाकर्मीले दुव्र्यवहार र हातपात गरेको अखिलले आरोप लगाएको छ । गठबन्धनमा भागवण्डा मिलाउनको लागि प्रदेश १ सरकारले ७ मन्त्रालय रहेकोमा टुक्राएर १२ बनाएको छ ।

प्रतिक्रिया