बन्चरो प्रहार गरी बाबुद्वारा छोराको हत्या


जनकपुरधाम – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-२ पटनामा बाबुले छोराको हत्या गरेका छन् ।

स्थानीय ६० वर्षीय सोनाई सदायले २० वर्षीय छोरा प्रमेश्वरयको हत्या गरेका हुन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार सोनाईले बन्चरो प्रहार गरी छोराको हत्या गरेका हुन् । बाबु पक्राउ गरिसकेका छन् ।

हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया