

रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव भेटियो

रूपन्देही – पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा आमाछोरीको शव भेटिएको छ ।
एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा भेटिएको स्थानीय सिद्विचरण भट्टराईले जानकारी दिए ।
देवदह प्रहरी चौकीबाट टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

