एमडी प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ३ भारतीय काठमाडौ‌बाट पक्राउ


काठमाडौ‌ – चिकित्सा शिक्षा आयोगले लिने एमडीरएमएसको प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई काठमाडौ‌बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नक्कली परीक्षार्थी भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, बिचौलियाका रुपमा सहयोग गर्ने भारतको विहार घर भएका ३४ वर्षीय शशि भुषण सिंह र परीक्षामा अमर्यादित गतिविधी गर्ने बिहारकै ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।

शिक्षा ऐन,२०२८ अनुसार उनिहरुमाथी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । शनिबार सञ्चालन भएको परीक्षामा सहभागी मिश्रा नक्कली परीक्षार्थी भएको सीआईबीको दावी छ ।

मिश्रा भारतीय चिकित्सक हुन् । उनले एक नेपालीको नाममा प्रवेश परीक्षा दिइरहेको बताइएपनि सीआईबीले ती व्यक्तिको परिचय गोप्य राखेको छ । पक्राउ परेका मुरारी भने सक्कली परीक्षार्थी हुन् ।

प्रतिक्रिया