

संसद विघटन बारे के भन्छन् कलाकार ?

काठमाडौं । ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ
दुइ तिहाइ पनि दुइ तुहाइ भो।। यो अभिव्यक्ति कलाकार दीपकराज गिरीको हो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिससँगै तरंगित राजनीतिका बारेमा कलाकारहरूले पनि प्रतिक्रिया जनाएका छन् ।
अघिल्लो दिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थ ापालाई समेत उनकै निवासस्थानमा भेटेका थिए ।
त्यसपछि साँझ राष्ट्रपति विद्या देवी भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठक सुरु भएलगत्तै ओलीले मन्त्रीपरिषद्बाट संसद विघटनको सिफारिस गरेका छन् ।
उनले संसद विघटन सिफारिस गरेसँगै सामाजिक सञ्जालमा कुन कलाकारले के लेखे त ?
५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ
दुइ तिहाइ पनि दुइ तुहाइ भो।।
– दिपकराज गिरी
सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।
– भगवान भण्डारी
लुट्न सके लुट,,,
मन लागेको गरे हुन्छ नेपाल मै छ छुट,,,,,,
पशुपति शर्मा

