युभेन्टसको जितमा रोनाल्डोको दुई गोल


एजेन्सी – इटालियन सिरी ‘ए’ अन्तर्गत गत राती भएको खेलमा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नायक बनेका छन् । रोनाल्डोले गरेको दुई गोलले युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा ४-० ले पराजित गरेको हो ।

पहिलो हाफमा युभेन्टस इम्पोलीका फ्रान्सेस्को कपुतोको गोल मार्फत पछि परेको थियो । पहिलो हाफको २८ औं मिनेटमा १-० ले पछि परेको अवस्थालाई उल्टाउदै युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्दै खेल जितेको थियो ।

युभेन्टसका लागि दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे । युभेन्टसले खेलमा पकड देखाएपनि पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई बराबरी दिलाए ।

इस्माएल बेनेकरले पौलो डेबलालाई लडाएपछि पाएको पेबाल्टी मार्फत रोनाल्डोले ५४ औं मिनेटमा गोल गरेका थिए । खेलको ७० औं मिनेटमा २५ यार्डबाट रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई जित दिलाए । यो जितसँगै युभेन्टसले अंक तालिकाको शिर्षस्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ ।

प्रतिक्रिया