भयावह बन्दै उपत्यका, एकैदिन थपिए ३९३९ नयाँ संक्रमित


काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा करिब ४ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २९४३ जना, ललितपुरमा ७९५ जना र भक्तपुरमा २ सय १ जनामा कोरोना पुष्टी भएको छ ।

यससँगै गत २४ घन्टामा मात्र उपत्यकामा ३९३९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा गत २४ घन्टामा १४ हजार १४ पीसीआर परिक्षण गरिएकोमा ५७४७ जनामा पोजेटिभ देखिएको छ भने ३४५१ जनाको एन्टीजेन परिक्षण गरिएकोमा ९८७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घन्टामा १७४६५ को परिक्षण गर्दा ६ हजार ६७३४ जनामा कोरोना पुष्टी भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ५४७ जना कोरोनामुक्त भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालको अवस्थामा ३० हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा सक्रिय संक्रमित संख्या १३ हजार ९ सय ८६ रहेका छन् । त्यस्तै भक्तपुरमा १८४६ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा ३५५५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै उपत्यकामा मात्रै जम्मा १९३८७ जना सक्रिय संक्रमित रहेका छन् । जुन संख्या नेपालभरको संख्याको ६५ प्रतिशत हो ।

 

प्रतिक्रिया