निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी हुन् एजेण्डा


काठमाडौं – राष्ट्रियसभा निर्वाचनको बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ।

राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउने बारेमा छलफल गर्न भोलि (शुक्रबार) बिहान ११ बजे बैठक बोलाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार भोलिको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारीबारेमा छलफल हुने कार्यक्रम छ।

सर्वदलीय बैठकको एजेण्डामा राष्ट्रियसभाको निर्वाचनसँगै स्थानीय तहको निर्वाचन तयारी पनि रहेको बताए। साथै, मतदाता नामावलीको अभियानबारे पनि दलहरुसँग आयोगले परामर्श गर्न लागेको हो।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुनेछन्।

प्रतिक्रिया