स्थानीय तह निर्वाचन : देशभर ७७ केन्द्रमा मतदान स्थगित


काठमाडाैं – हिजो भएको स्थानीय तह निर्वाचन अन्तर्गत  देशभर ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो ।

स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन।

गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया