सार्वजनिक बिदाका दिन पनि निर्वाचन आयोग खुला रहने


काठमाडाैं – निर्वाचन आयोग सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने भएको छ ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा रहेको आयोग र मातहतका सबै निर्वाचन कार्यालयहरू बिदाको दिन पनि खुला रहने भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका छन् ।

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनहरूमा समेत निर्वाचन आयोगसँगै सातवटै प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालय खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया