रामेछापमा मतपेटिका बाेकेकाे गाडी दुर्घटना


रामेछाप – रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ।

रामेछाप नगरपालिका १ गोठगाउँबाट रामेछाप बजारतर्फ जाँदै गरेकाे ना ७ ख ३५०४ नम्बरको गाडी दुर्घटना परेकाे हाे।गाडी दुर्घटना हुँदा तिन जना घाइते भएका छन।

गाडीकाे ब्रेक फेल भएर भएकाे दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएका छन।

प्रतिक्रिया