

एमालेले गर्यो कालापानी, लिपुलेकबारे भारतको बलमिच्याँई रोक्न सरकारसँग माग (विज्ञप्ति)

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग भएको जनाएको छ ।
परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईद्वारा जारी एक विज्ञप्तिमा एमालेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले गरेको बलमिच्याई रोक्न र नेपाली भुभागमा नेपालको व्यबहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न एमाले सरकारसँग माग गरेको उल्लेख छ ।
विज्ञप्तिमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाती रहेका विषयालाई कुटनीतिक माध्यमबाट टुंग्याउने भनी गरिएको सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीब्रता दिएकोप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ ।

