एकैदिन थपिए २४४४ कोरोना संक्रमित, ३१३ कोरोनामुक्त हुँदा १ को मृत्यु


काठमाडौं नेपालमा पछिल्लो २४ घन्टामा २४४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३३  जनाको  गरिएको नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा ३१३ जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ लाख ८० हजार ४५७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

नेपालमा अहिलेको अवस्थामा ९ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया