भन्दे लिएर आए प्रकाश ओझा


काठमाडौं – ओएसआर डिजिटलको प्रोडक्सनमा म्युजिक भिडियो ‘भन्दे’ रिलिज भएको छ । युट्युव च्यानल ओएसआर डिजिटल मार्फत बुधबार दिउँसो उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।

सार्वजनिक गीतमा गायक प्रकाश ओझाले स्वर दिएका छन् । लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गर्दैछन् । ‘भत्काइ दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ जस्ता गीतका गायक ओझा कमेडी फ्लेभरको गायनमा चर्चित मानिन्छन् । उनी हाँस्य कलाकार पनि हुन् ।

गीत ’भन्दे’ मा शब्द र संगीत पनि ओझाको नै छ । भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिनेत्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् । बसन्त निरौलाले निर्देशन गरेको भिडियोमा सुदिप बरालको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

यो भिडियोमा जोडिएको निरौला नेतृत्वको टिमले ओएसआरसँगको सहकार्यमा विभिन्न हाँस्य कलाकारहरुको साथमा एक वेभ सिरिजसमेत तयार गरिसकेको छ ।

प्रतिक्रिया