अर्को अध्यादेश ल्याउन मन्त्रिपरिषद बैठक डाकियो, ओलीले कस–कसको सल्लाह लिए?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझका लागि मन्त्रिपरिषद बैठक डाकेका छन्।

अर्को अध्यादेशमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

जारी भइसकेको अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने संवैधानिक प्राबधान रहेको छ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरिसकेका छन् भने यस विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायतसँग छलफल गरिसकेका छन्।

बुधबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको सहमतिका आधारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजी गर्न लागिएको हो।

प्रतिक्रिया