के हो पञ्चकर्म विधी ?


काठमाडौं– शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधी हो, पञ्चकर्म । यसलाई आयुर्वेदको विशिष्ट चिकित्सा पद्धती पनि भनिन्छ । यसमा विभिन्न पाँच चिकित्सा विधीको समिश्रण हुन्छ ।

१. वमन

२. विरेचन

३. नास्य

४. बस्ति

५. रक्तमोक्षण

यो ‘शोदन’ नामक शुद्धिकरण प्रक्रियासँग सम्बन्धि चिकित्सा पद्धतिको एउटा भाग हो । यसले शरीरका विषाक्तलाई हटाउने क्रममा शरीर भित्रको जीवविष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्नमा मद्दत गर्छ । शरीरलाई दोषबाट मुक्त गर्छ । पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।

शुद्धिकरणको वास्तविक कार्य प्रणाली सुरु हुनु पहिले शरीरबाट  जीवविष निकाल्नु पहिले शरीरलाई विभिन्न तरीकाले तयार पार्न जरुरी छ । यसको लागि दुई प्रकृया जरुरी छ, स्नेहन र स्वेदन । स्नेहन एक प्रकारको तेल मालिस हो । यसमा एक विशेष प्रकारको मालिसबाट पूरा शरीरमा तेलको मालिस गरिन्छ । तेल मालिसले शरीरको कोषिकालाई नरम तथा लचिलो बनाउन सहयोग पु¥याई तनाव कम गर्न तथा शरीरको तन्त्रिका तन्त्रलाई पोषण प्रदान गर्न सहयोग गर्छ ।

जबकी स्वेदनले पसिना निकाल्छ । यो स्नेहन लगत्तै गरिन्छ ।

स्वेदनले जीनविषलाई पगालेर र जठरात्र पथमा जीवविषको गतिलाई बढाउँछ । स्नेहन तथा स्वेदन पश्चात विषदोष हट्छ । पञ्जकर्म एक व्यक्तिकृत उपचार हो । एक विशेष पञ्चकर्म विधि जुन व्यक्तिको बनावट तथा विकारका आधारमा दिइने गरिन्छ । यो व्यक्तिको शरीरको पैकार, दोष असन्तुलन तथा आवश्यकमा निर्भर गर्छ । यसमा सामान्यतया पाँच चिकित्साका केही भाग मात्र आवश्यक हुन्छ  ।

पाँच विभिन्न चिकित्सा

वमन ( उपचारात्मक उल्टी)

यस उपचारको प्रयोग फोक्सो खुम्चने समस्या भएमा दिइने गरिन्छ । जसका कारण बारबार सास नलीमा अवरोध हुने, खोकी लाग्ने तथा दमको समस्या हुने गर्छ । यो औषधीयुक्त उल्टी चिकित्सा हो जसले शरीर तथा स्वासनलीमा एकत्रित कफलाई हटाउन मद्दत गर्छ । यो त्यस्ता व्यक्तिलाई दिइन्छ, जसमा उच्च कफको समस्या हुन्छ । यस चिकित्साको उद्देश्य कफबाट छुटकारा पाउनका लागि उल्टी गराउनु हो ।

मुलैठी तथा महबाट बनेको एक पेयको चिया रोगीलाई दिइने गरिन्छ । जिब्रो रगडेर उल्टीका लागि प्रेरित गरिन्छ । जसमा व्यक्तिलाई चार देखि आठ पटकसम्म उल्टी गराइन्छ । उल्टी पश्चात्त व्यक्तिले आराम महसुस गर्दछ ।

उपचारात्मक उल्टीको प्रयोग खोकी, चिसो, दम, ज्वरो, वाकवाकी, भोकको कमी , रक्तहीनता, विषाक्तता, चर्म रोग, मधुमेह, लसीका अवरोध, अर्जीण, सुन्निने समस्या , छारे रोग, टाउको दुख्ने समस्या, छाला रोग, ग्यास्ट्रिक, मोटोपना तथा मनोवैज्ञानिक विकार लगायतमा गरिन्छ ।

उल्टी पश्चात्त व्यक्तिलाई  विश्राम, निराहार तथा , मूत्र त्याग, मलत्याग, वायु विकार, रुघाखोकीको नदवाव सल्लाह दिइने गरिन्छ ।

यो प्रकृयालाई सही तरीकाले प्रयोग गर्न सकेमा व्यक्तिलाई आराम महसुस हुन्छ । सजिलै सास लिन सक्छ, छाती हल्का भएको महसुस हुन्छ । स्वच्छ विचार, स्पष्ट आवाज हुनुका साथ भोक लाग्छ ।

विरेचन (परिष्करण चिकित्सा)

जब पित्ताशय तथा सानो आन्द्राबाट अत्याधिक पित्त स्रावित हुन्छ, तब यसका कारण छाला पोल्ने, पहेलोपना हुने, पित्तका कारण उल्टी हुने लगायतका समस्या हुने गर्छ । विरेचन एक औषधियुक्त परिष्करण चिकित्सा हो, जसले शरीरबाट पित्त विषजीवन हटाएर रक्त विषजीवको शुद्धिकरण गर्छ ।

विरुेचन सेतो ग्रन्थी, सानो आन्द्रा, मलाशय, पेट, यकृत तथा प्लीहाको शोधन गर्छ । विभिन्न उत्कृष्ट जडिबुटी विरेचन औषधीको सुरुमा प्रयोग हुन्छ । यिनमा रंगलता, आलुबखडा,चोक्कर, आलसीको धुलो, गाईको दुध, नुन, किसमिस आदि समावेश छन् । यस्ता विरेचन औषधीको प्रयोग गर्दा  सिमित आहारको सेवन गर्नुपर्छ ।

विरेचन विशेषगरी, मधुमेह, दम, चर्म रोग, पक्षघात, जोर्नीको समस्या, पाचन सम्बन्धि समस्या, उच्च अम्लियता, सेतो कुष्ठरोग, छाला रोग, टाउको दुख्ने समस्या, क्यान्सर, बाथ रोग, पहेलोपना लगायतको समस्या नष्ट गर्न सहायता प्रदान गर्छ । यस चिकित्साले अत्याधिक पित्तको समस्याको पूर्णरुपमा उपचार गर्छ ।

वस्ती ( एनिमा)

बस्ती (एनिमा) सबै पञ्चकर्म उपचारको जननी हो । किनकी यसले तीन वटै दोष  वात, पित्त तथा कफबाट एकत्रित जीवविषलाई मलाशयद्वारा बाहिर निकाल्छ । औषधियुक्त एनिमाको प्रयोग विशेष समस्यामा गरिन्छ । सामान्यतया, यस उपचारको प्रयोग कब्जियतको समस्या हटाउनका लागि गरिन्छ । आयुर्वेदमा सुचीवद्ध लगभग सय विशेष एनिमा छ ।

वस्तिकर्म अन्तर्गत औषधियुक्त पदार्थ  तिलको तेल वा अन्य जडीवुटीयुक्त काढालाई मलाशयमा प्रयोग गर्नु पर्छ । यो वस्ति वात विकारको सबैभन्दा प्रभावकारी उपचार हो ।

यसले सुन्निने समस्या, साधारण ज्वरो, यौन रोग, मिर्गौलाको पत्थरी, मुटुको समस्या, उल्टी , ढाडको समस्या, गर्दनको दुखाई , उच्च अम्लियपना, आंशिक पक्षघात, कबिजयत, पाचन सम्बन्धि समस्या मोटोपना, पायल्स तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ ।

त्यसबाहेक, वात विकार जस्तै, बाथ रोग, मांसपेशीमा ऐठन, टाउको दुख्ने समस्याको उपचार गर्न पनि वस्ती उपचार प्रभावकारी मानिन्छ ।

आर्युर्वेदमा वात सम्बन्धि आठ सय विकार छन् । त्यसमध्ये करिब ८० प्रतिशत उपचार औषधीयुक्त एनीमा को प्रयोगबाट गर्न सकिन्छ । वात मुख्यतया ठूला आन्द्रामा हुन्छ । तयसबाहेक, बोनम्यारो टिस्यूमा पनि हुने गर्छ । त्यसैले, मलाशयद्वारा प्रयोग गरिएको औषधीले बोनम्यारो टिस्यूलाई प्रभावित पार्छ ।

नास्य (नाकको सफाई)

नाक मस्तिष्क तथा चेतनाका द्वार मार्ग हो । नाकद्धारा प्रयोग गरिने औषधीलाई नास्य भनिन्छ । जीवन शक्ति, सासको माध्यमद्धारा शरीरमा प्रवेश गर्छ । प्राण मस्तिष्कमा रहन्छ । प्राणले मानसिक क्रियाकलाप, स्मरण, ध्यान तथा वौद्धिक क्रियालाई पनि सञ्चालन गर्छ ।

असन्तुलित प्राण यी सबै क्रियामा अपूर्ण कार्य उत्पन्न गर्छ तथा टाउको दुखाई, स्मरणहीनतामा अवरोध गर्छ ।

नास्य अन्तर्गत टाउको तथा गर्दन वरिपरि जमेको कफ जीवविषलाई सफा गर्न औषधीयुक्त तेललाई  नाक हालिन्छ । त्यसपछि उमालेको पानीमा भिजाएको औषधीयुक्त जडिबुटीबाट निकालेको बाफ लिइन्छ । यो उपचार पद्धति व्यक्तिको समस्या अनुसार फरक पर्छ । यस उपचार पद्धति सास सम्बन्धि समस्याका लागि पनि फाइदाजनक मानिन्छ । नास्यद्वारा श्वास नलीमा अवरुद्ध समस्याबाट राहत पाउन सकिन्छ ।

रक्तमोक्षण (रक्त बग्ने दिने)

रगतमा अवशोषित जीवविषलाई बाहिर निकाल्नको लागि रक्तमोक्षण चिकित्साको प्रयोग हुने गर्दछ ।  जठरात्र पथमा मौजुद विष रगतमा अवशोषित हुन्छ, र सम्पूर्ण शरीरमा परिसंरचन हुन्छ । बारम्बार हुने संक्रमण, तनाव तथा अन्य स्थितिको यो एक मुख्य कारण हो । यस अन्तर्गत डन्डिफोर, सेता कुष्ठ रोग, छाला चिलाउने लगायतका समस्या पर्दछ । यस परिस्थितिमा अन्य औषधिका साथै, जीवन विषयको निष्कासन तथा रगतको शुद्धिकरण आवश्यक छ । यो विधि गठिया रोगको लागि समेत लाभदायक मानिन्छ ।

रक्तमोक्षण प्रक्रियाले रगतको शुद्धिकरण गर्छ । यसको माध्यमबाट प्रतिरोधी क्षमता समेत मजबुत हुने गर्छ ।

चिनी, नुन, दही, अमिलो खाद्यान्न लगायत मदिरा रगतको लागि जीवविष मानिन्छ । रगत सम्बन्धि केही रोगबाट मुक्त हुन तथा रगतको शुद्धिकरणका लागि यी पदार्थबाट परहेज जरुरी छ ।

प्रतिक्रिया