

गायिका अनुका राईको रचना र स्वरमा ‘आयो साकेला’ (भिडियो सहित)

काठमाडौं – गायिका अनुका राइको स्वर र रचनामा ‘ढोल बज्यो आयो साकेला ‘ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
द स्काई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत तथा एरेन्ज पावल चाम्लिङ ,मिक्सिङ रदिप श्रेष्ठ ,शृङ्गार माया लामा तामाङ , संपादन अनिल कुमार महर्जन , निर्देशन राज कुमार राइको रहेको छ।
त्यस्तै क्यामेरामेन मोहन कुमार (झिल्लु) र निर्माता अबि नारायण वान्तावा राई र शुरेस राई रहेको छ भने भिडियोमा गायिका स्वंयम अनुका राई,सुशीला राई,डि.पि. राई(प्रीन्स), भुवन मगर,इशा आङ्देम्बे,परिबुङ राई,महेश राई,विशाल राई,प्रीति राई र बिमियोङ राईको मिश्रित अभिनय रहेको छ ।
किराँत राईहरुको महान चाड साकेला राइ जातिमा मात्र सिमित छैन आजभोलि । जब साकेला उधौली (मंसिर) उभौली (वैशाख/जेठ) पर्व शुरु हुन्छ तब ढोल झ्याम्टाको लयवद्व तालमा साकेला नाच शुरु हुन्छ। हिउँदमा अर्थात मंसिर तिर चराहरु उँधो वा दक्षिण जता गर्मी छ तिर लाग्छन जसलाई हेरेर उधौंली भनियो र गर्मी याम शुरु भएपछि चराहरु फेरि उँभो लाग्छ्न जसलाई हेरेर उभौली भनिन्छ ।
विशेष गरि राइहरु यस चाडमा आफ्नो परम्परागत जातीय भेष भुषामा सजिएर नाच्ने गर्दछ्न। एक किंवदन्ती अनुसार पारुहाङ र सुम्निमा बीच एक पटक लामो बिछोड भएको थियो । लामो समय पछि पारुहाङ फर्किएको खुशियालिमा यो नाच गान गरिएको मानिन्छ।
काठमाडौ स्थित किरात राई यायोख्खाको प्रांगण र झोर झरनामा छायांकन भएको यस म्युजिक भिडियोलाई जुन सिला मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएकोछ।
भिडियो सहित:

