शिवम् सिमेन्टले राख्यो निर्माणकर्मीसँग अन्तर्क्रिया, पाँच लाख बराबरको जोखिम बिमा


काठमाडौं – शिवम् सिमेन्टले प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाहरूमा निर्माण कर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रमा गरेको छ । निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा एक हजार भन्दा बढी निर्माण कर्मीहरूसँग परामर्श तथा उनीहरूको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको हो ।

अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

यससँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५०० बढी निर्माण कर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको पाँच लाख बराबरको जोखिम बहन बिमा गरिसकेको छ ।

कम्पनीले प्रदेश न. २ का मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा १ हजार भन्दा बढि निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरु संग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ । उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ । हालसम्म निरन्तर रुपमा देशका विभिन्न ३७ स्थानमा २५ सय भन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् । शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ ।

ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

 

प्रतिक्रिया