गठबन्धनको निर्वाचन परिचालन समितिको बैठक जारी


काठमाडौं – स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्नेबारे सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिदेखि बैठक बसेको हो ।

पाँच दलीय गठबन्धनलाई चुनावमा समेत आवश्यकताअनुसार तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेका दलहरू ७५३ वटै स्थानीय तहको अवस्थाको व्याख्यापछि कसरी चुनावी तालमेल गर्ने भन्ने मोडालिटीबारे छलफलमा छन् ।

समितिका संयोजक एवं काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात प्रदेशबाट त्यहाँको अवस्थाबारे प्रतिवेदनहरू आइसकेपछि केन्द्रमा त्यसबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकमा काँग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीबाट अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सहभागी छन् ।

बैठकअघि दलहरूले अलग–अलग बसेर आन्तरिक गृहकार्य गरेका थिए । बैठकले चुनावी तालमेल कहाँ–कहाँ गर्ने रु कसरी गर्ने रु भन्नेबारे छलफल गरेर गठबन्धनका शीर्ष नेताहरूमाझ निष्कर्ष प्रस्तुत गर्ने नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया