सशस्त्रद्वारा १ लाख १५ हजार नक्कली नेपाली नोटसहित २ पक्राउ


सर्लाही – सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट पौष ३ गते सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँ १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ बर्षिय प्रमोद कुमार र ३७ बर्षिय आशिष कुमार छन् ।

बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

त्यस्तै महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट पौष २ गते सशस्त्र प्रहरीले ७ लाख नेपाली रुपैयाँसहित धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ८ बस्ने २१ बर्षिय तुलसी साहलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया