सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा
काठमाडौं – सुर्य कर्पोरेशनले सन २०१८ देखि नेपाली संगीत र फिल्मप्रति समर्पित हुदै आयोजना शुरु गरिएको सुर्य ईन्टरनेशनल अवार्डको तेश्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस ९कोभिड–१९० का कारण हुन सकेन । सोही संस्करण २०२१ मा हुने भएको छ ।
यसको वारेमा जानकारी दिदै सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले यस पटकको सुर्य अवार्ड केही रोचक र फरक हुने दावी गरेका छन् । उनले जानकारी दिए अनुसार अवार्डको समपूर्ण तयारी काठमाडौंमा हुनेछ भने नोमिनेशन जापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई भने थप भव्य तयारी सहित अमेरिकामा गरिने बताइएको छ ।
अन्र्तराष्ट्रिय अवार्ड समारोहमा नेपालका लागि सुर्य अवार्ड सबैभन्दा महँगो र ठूलो अवार्ड हो, सुर्य कर्पोरेशनले जनाएको छ । नेपालका लागि डायस्पोराको ठूलो अवार्ड सुर्य ईनटरनेशनल अवार्ड हो । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१८ र २०१९ सम्पन्न भईसकेको छ । जसमा दर्जनौं फिल्मकर्मी र अतिथीहरु सहभागी भएका थिए ।
यतिखेर आयोजक संस्था तेश्रो संस्करणको तयारीमा जुटेको छ । कर्पोरेशनका अध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन् । कर्पोरेशनले सामाजिक सञजालबाटै अवार्डको घोषणा गरेका हुन् ।