उपत्यकामा १६१ सहित देशभर थप २७४ मा कोरोना पुष्टी, ३ को मृत्यु


काठमाडाैं – पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण भएकोमा २७४ जनालाई संक्रमण पुष्टि भएको छ ।

सोही अवसधमा २७० जना निको भएको र ३ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले सक्रिय संक्रमित ५५ सय २२ छन् । जसमध्ये १०४ जना आइसियु र २५ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैबीच आज थपिएकामध्ये काठमाडौं उपत्यकाका १६१ जना रहेका छन् ।

काठमाडौंमा १११, ललितपुरमा ३० र भक्तपुरमा २० जनालाई कोरोना पोजेटिभ देखिएको छ । यसैगरी २४ घण्टामा २ लाख ६ हजार ५२३ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया