१३७०९ परिक्षण गर्दा थप २६४ जनामा कोरोना पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ७०९ जनाको कोरोना परीक्षण भएकोमा २६४ जनालाई संक्रमण पुष्टि भएको छ । ३६२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

अहिले सक्रिय संक्रमित ५ हजार ६८९ जना छन् । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका १४७ जना रहेका छन् ।

काठमाडौंमा १०९, ललितपुरमा ३० र भक्तपुरमा ८ जना नयाँ संक्रमित देखिएका छन् ।  यसैबीच २४ घण्टामा देशभर २ लाख ३६ हजार ४८२ जनाले कोरोना विरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया