
विक्की कौशलसँग विवाह बन्धनमा बाँधिदै कट्रिना कैफ
काठमाडौं – भारतीय अभिनेत्री कट्रिना कैफ आज अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिदै छिन्। उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ‘रोयल’ शैलीमा लगनगाँठो कस्न लागेको छन् ।
भारतीय समयअनुसार आज दिउँसो ३ देखि ३:४५ को समयमा उनीहरुको विवाहको कार्यक्रम रहेको छ । विवाहमा क्याट्रिनाले सब्यसाचीको डिजाइनर लेहेंगा लगाउने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टअनुसार कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च आफै ब्यहोर्ने जनाइएको छ। उनले यात्रा, सुरक्षा, पाहुनासम्बन्धी खर्च हेर्ने छिन्।
अर्कोतर्फ विक्कीले बाँकी २५ प्रतिशत खर्च व्यहोर्ने छन्। विवाह समारोहमा सरिक हुन बलिउड हस्तिहरु माधोपुर पुगिसकेका छन् ।



कागजपत्र |
