नेप्सेमा ओरालो यात्रा जारीः परिसूचक २४ सय ५० भन्दा तल, २ अर्ब ६७ करोडकाे कारोबार


काठमाडाैं – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज होटल, म्युचल फन्ड र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर ओरालो लागेको छ । आज दुई सय ३१ कम्पनीका ६२ लाख २३ लाख कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लागे पनि सिनर्जी पावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।

प्रतिक्रिया