महामन्त्रीमा रेखाको उम्मेदवारीप्रति दिपकराज भन्छन्, ‘गणतन्त्रवादी रेखा कसरी राप्रपा ?’


काठमाडौं – कलाकार दीपकराज गिरीले राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महिला महामन्त्रीका लागि उम्मेदवारी दिएकी रेखा थापालाई शुभकामना दिँदै केही प्रश्न समेत गरेका छन् ।

गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् रेखाको उम्मेदवारीलाई लक्षित गर्दै लेखेका छन्, ‘गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गरेका छन् । उनले आफ्नो लागि राप्रपाको चुनाव लुतो न कनाई हो समेत भनेका छन् ।

गिरी लेख्छन्, ‘आज म लेख्दैछू… राप्रपा को चुनाब मेरो लागि लुतो न कनाइ हो । कलाकार रेखा थापा को उम्मेदबारी र यस सम्बन्ध मा भएका बहसबाजी को बारेमा केहि लेख्न मन लाग्यो, केहि उठेका प्रश्नहरू – गणतन्त्रबादी रेखा कसरी राप्रपा ? कॉग्रेस एमालेमा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन्, अब उनिहरू कॉग्रेस वा एमाले हुन वा होइनन? त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ‘‘न रेखा त्यसमा पर्छिन् कि ?’


त्यस्तै गिरीले महामन्त्रीमा उम्मेदवारी दिएकी कुन्ती शाहीको राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन भन्ने अभिव्यक्तिलाई लक्षित गर्दै उनलाई एक पटक फिल्म खेल्न ट्राई गर्न समेत सुझाएका छन् । उनले अगाडि लेखेका छन्, ‘रेखा थापालाई कुन्ताजी ले “राजनीति, फिल्म खेलेको जस्तो सजिलो छैन” भन्नु भएछ, कस्ले भन्यो तपाइँलाई फिल्म खेल्न सजिलो छ भनेर  एकचोटी ट्राइ गरेर हेर्नुहुन्छ? क्यामारा अगाडि तपाइको पसिना छुट्नेछ ।’

कलाकार गिरीले अन्तिममा रेखा थापाले महामन्त्री जस्तो महत्वपूर्ण पदमा उम्मेदवारी प्रस्तुत गर्नुलाई स्वागतयोग्य मान्दै शुभकामना समेत दिएका छन् । उनले भनेका छन्, ‘परिप्रेक्ष्यमा रेखा थापाले महामंत्री जस्तो महत्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुलाई मैले एक कलाकारको हिसाबले स्वागतयोग्य ठान्दछू र शुभकामना पनि दिन चाहन्छू ।’

गिरीले अन्तिममा लेख्छन्, ‘तैले सक्दैनस, यो तेरो काम होइन, तेरो अनुभव छैन ‘यि शब्दहरू तिन्ले प्रयोग गर्छन जो आफै असक्षम छन् ।’

 

प्रतिक्रिया