नर्वेको ओस्लोमा पनि ‘ओमिक्रोन’ संक्रमण पुष्टि
ओस्लो – ‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध लागू गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का एक जना बिरामी भेटिएपछि प्रतिबन्धसहित स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो ।
गएको हप्ता ओस्लोमा सय जनाभन्दा धेरै पाहुना क्रिसमस भोजमा सहभागी भएका थिए । उनीहरुको परीक्षणपछि १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरुमध्ये एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट नै पुष्टि भएको ओस्लो नगर प्रशासनले जनाएको छ । भोजमा सहभागी सबैले खोप लगाएको तर उनीमध्ये केही दक्षिण अफ्रिकाबाट ओस्लो पुगेको पाइएको समाचार संस्था एएफपीले जनाएको छ ।