

६ करोड लगानीमा चलचित्र ‘रबर सिटी’ बनाउदै निर्देशक पौडेल

काठमाडौँ – निर्देशक विनोद पौडेलले ठुलो लगानीमा चलचित्र ‘रबर सिटी’ ब नाउने भएका छन् । उनले दुई वर्षअघि बनाएको चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो ।
‘रबर सिटी’लाई अविरल थापाले निर्माण गर्नेछन् । चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ ।
चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकामा नै हुनेछ । यो चलचित्रका लागि करिब ५ लाख डलर लगानी हुने निर्माता बताइएको छ । विनोदको नै कथा तथा पटकथा रहेको यो चलचित्रमा अंकित पौडेलको छायाँकन रहनेछ ।
यो चलचित्रका लागि निर्माणपक्षले हालसम्म कलाकार सुशांक मैनाली र राधा लम्साललाई फाइनल गरेको छ । बाँकी कलाकार पनि चाँडै तय गरिने निर्देशक पौडेलको भनाइ छ । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो ।
‘रबर सिटी’ चलचित्रले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ ।

