अहिलेसम्म कति देशमा फैलियो कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन ?


काठमाडौं – दक्षिण अफ्रिकामा पहिलो पटक फेलापरेको कोभिड-१९ को नयाँ भेरियन्टलाई ओमिक्रोन नामाकरण गर्दै ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार यो भाइरस सर्ने जोखिम ‘धेरै उच्च’ रहेको चेतावनी दियो ।

अहिलेसम्म ओमिक्रोनसँग सम्बन्धित मृत्युको खबर आएको छैन । यद्यपि, यससम्बन्धी थप अनुसन्धान आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन कोरोनाभाइरस भेरियन्ट नोभेम्बर २४ यता कम्तीमा २२ देशमा फेलापरेको जनाइएको छ ।
यी हुन् ओमिक्रोन फेलापरेका देशहरू
एसियाली देशहरू : हङकङ, जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबिया ।

अफ्रिकी देशहरू : दक्षिण अफ्रिका र बोत्स्वाना ।

युरोपेली देशहरू : अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, स्पेन र बेलायत ।

अमेरिकाको क्यालिफोर्निया शहरमा बुधबार पहिलाेपटक नयाँ भेरियन्ट पत्ता लागेको समाचार छ ।

उत्तर अमेरिकी देश : क्यानडा ।

दक्षिण अमेरिकी देश : ब्राजिल ।

अष्ट्रेलियाली देश : अष्ट्रेलिया ।

हिन्द महासागरमा रहेको फ्रान्सको रियुनियनमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको पाइएको छ ।

प्रतिक्रिया