भारतमा तीब्रगतिमा ओमिक्रोन, थपिए एकैदिन १७ संक्रमित, ५ राज्यमा फैलियो


नयाँदिल्ली – नेपालको तीनतिरको छिमेकी मुलुक भारतमा ओमीक्रमका संक्रमित तीब्र रुपमा देखिन थालेका छन् । दुई दिनअघि दुई जनामा देखिएका संक्रमित अहिलेसम्म २१ जनामा पुष्टी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार मात्रै भारतमा १७ जना नयाँ ओमिक्रोन संक्रमित देखिएका छन् । ती मध्ये जयपुरमा ९ जना, महाराष्ट्रमा ७ जना र दिल्लीमा १ जना संक्रमित भेटिएका छन् । अहिलेसम्म भारतमा राजधानी दिल्लीसमेत ५ राज्यमा संक्रमित भेटिएका छन् ।

अहिलेसम्म भेटिएका संक्रमितमध्ये अधिकांश दक्षिण अफ्रिका गएर आएकामा संक्रमण पुष्टी भएको छ । अहिलेसम्म भारतको कर्नाटक, गुजरात, महाराष्ट्र, दिल्ली र जयपुरमा संक्रमित भेटिएका छन्् ।

महाराष्ट्रमा भेटिएका संक्रमित ८ मध्ये ३ जना १८ वर्ष मुनिका रहेका छन् भने ४ जना कोरोनाविरुद्धको दुवै खोप लगाएका व्यक्तिमा ओमीक्रोन पुष्टी भएको छ ।

अहिलेसम्म भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ ।

 

प्रतिक्रिया