कल्पनाले गरिन् प्रहरी हिरासतभित्रै आत्महत्या प्रयास


चैनपुर – जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्।

२८ किलो चरेशसहित चरेससहित आफ्नै पसलबाट पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले बताए।

उनले भने, ‘अनुसन्धानका लागि हिरासतमा राखेका थियौँ। आज बिहान ११ बजेतिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्या प्रयास गरेको थाहा भयो।’

उनलाई प्रहरीले २८ किलो चरेशसहित पक्राउ गरेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । आत्महत्या प्रयास गरेकी रोकायालाई शौचालयबाट उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाएको र आधा घण्टापछि होस आएको जनाइएको छ ।

प्रतिक्रिया