ओमिक्रोन बढेसँगै रात्रीकालीन कर्फ्यूको घोषणा


उत्तरप्रदेश – भारतमा पछिल्ला दिनमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गइरहेको छ । अन्य राज्यको तुलनामा भारतको उत्तर प्रदेशमा ओमिक्रोन संक्रमितको संख्या तीब्र गतिमा फैलिएपछि राज्य सरकारले रात्रीकालीन  कर्फ्यूको घोषणा गरेको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय टिम–०९ लाई ओमिक्रोन नियन्त्रणका लागि राज्यभर रात्रीकालीन कर्फ्यू घोषणाका लागि निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशन बमोजिम भोली अर्थात् डिसेम्बर २५ पछि उत्तर प्रदेशभर राती ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरिएको छ ।

बजारमा मास्र्क नहुनेलाई सामान नदिने अभियान पनि चलाउन सुरु गरिएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया