हिमालयन बैंकको शाखा अब मणिग्राममा


काठमाडौं – हिमालयन बैंकले थप नयाँ शाखा बिस्तार गरेको छ। लुम्बिनी प्रदेशको रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राममा शाखा विस्तार गरेको हो । बैंकले शुक्रबारबाट मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाबाट बैंकले प्रदान गर्दै आएका सबै किसिमका बैंकिङ सेवा प्रदान गरिने बैंकले बताएको छ । बैंकले हाल ७२ शाखा र ५ विस्तारित काउन्टर तथा १४६ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया