नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम ४ अर्ब मात्रै


काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से)परिसूचक २१.५१ अङ्कले घटेको छ । सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.८१ प्रतिशतले घटेर २६२९.९१ बिन्दुमा आइपुगेको छ ।

सेन्सेटिभ परिसूचक ५.९२ अङ्कले घटेर ४९५.५३ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूह मात्र बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।

सोमबार २ सय २८ कम्पनीका ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर ४ अर्ब८९ लाख ३७ हजार १ सय ३३ रुपैयाँमा खरिद/बिक्री भएको छ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन ९.९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया