९८८८ नमुना परिक्षण गर्दा थप २५९ जनामा संक्रमण, १ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ८८८ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरमा २६४ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेका छन् ।

त्यस्तै गत २४ घन्टामा नेपालमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५२४ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा देशभरमा १ लाख ४४ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेको अवस्थामा नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ४४ रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया