एमाले हनुमान जस्तै होः केपी ओली


काठमाडौं – चितवनमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हनुमानसँग तुलना गरेका छन्।

एमालेले हनुमानले जस्तै आफ्नो शक्ति आफै जाँचेको बताउँदै ओलीले भने, ‘एमाले कमजोर भयो, एक्लियो भन्नेहरूलाई शुक्रबार उद्घाटन समारोहमा देखिएको जनसागरले जवाफ दिएको छ।’

‘एमाले एक्लियो कि एक्लिएन हामीले हिजो हेरेनौं?’ उनले भने, ‘हनुमानले आफ्नो शक्ति हेरेजस्तै हामीले पनि हिजो आफ्नै शक्ति हेर्‍यौं, पहिचान गर्‍यौं।’

एमालेलाई हनुमानसँग तुलना गर्दै ओलीले भने, ‘समुद्र तरेर लंका जानेबेला हनुमान छटपटाउन थालेका थिए, के गरेर जाने होला भनेर। कसैले भन्यो हनुमान तिमी वीर वायुपुत्र हौ, वीर हनुमान हौ, जन्मने बित्तिकै तिमीले सुर्य खान झम्टिएका थियौ, त्यस्तो हनुमानले यो चार समुद्र पार गर्न पनि छटपट गर्ने हो?’

प्रतिक्रिया