

१६ बर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा श्रीकृष्ण श्रेष्ठ पक्राउ

काठमाडौं– १६ बर्षिया किशोरीलाई ललाई फकाई पटक–पटक बलात्कार गरेको अभियोगमा ललितपुरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
महालक्ष्मी नगरपालिका–८ लुभु टाउन प्लानिङका २१ बर्षीय श्रृकृष्ण श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। पीडित भनिएकी किशोरीको स्वास्थ्य परिक्षण गर्न पठाइएको छ।

