

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बिहे हुँदै, मुख्यमन्त्री गुरुङ साक्षी

काठमाडौं– स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच बिहेको टुंगो लागेको छ।
गण्डकी प्रदेशका दुई वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विहे हुन लागेको हो।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङको बिहे हुन लागेको हो।
पोखरामा एउटा कार्यक्रम गरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा कम्युनिस्ट शैलीमा बिहे हुने बताइएको छ।
कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

