

सरकारविरुद्ध कस्सियो कांग्रेस, २९ मंसिरमा सडकमा शक्ति देखाउन कार्यकर्तासँग अपिल

काठमाडौं– नेपाली कांग्रेसको विहीबार बसेको पदाधिकारी बैठकले २९ गते सरकारविरुद्ध सडक संघर्षमा उत्रिनका निम्ति कार्यकर्तासँग अपिल गरेको छ।
सरकारविरुद्ध प्रारम्भिक विरोधको कार्यक्रम सार्वजनिक गरेको कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको थियो।
यसपछि पनि निरन्तर सरकारविरुद्धका कार्यक्रमहरू घोषणा हुने र अब सडकबाट नै कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध उत्रिने कांग्रेसले निर्णय गरेको छ। तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रशासनले गरेको धरपकडको विरोधसहित विभिन्न मुद्दालाई कांग्रेसले सडक संघर्षको कारण बनाएको छ।

