महासचिवबाहेकका पदमा उम्मेदवारी नदिने सुरेन्द्र पाण्डेको घोषणा


काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवबाहेक अन्य पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजकसमेत रहेका पाण्डेले शुक्रबार महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन्।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे। शुक्रबार शुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन्।

प्रतिक्रिया