कमल थापा पक्षमा रहेकी रेखा लिङ्देनको पक्षमा खुलिन्


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी महाधिवेशमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको पक्षमा खुलेकी छन् नायिका रेखा थापा। थापाले अगामी महाधिवेशनमा लिङ्देनलाई साथ दिने भएकी हुन्।

बिहीबार काठमाडौंको दरबारमार्गमा एक कार्यक्रमबीच लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा कार्यक्रममा नायिका थापा पनि सहभागि भएकी थिइन्। उक्त कार्यक्रममा साथै पुगेकी थापाले खुलेरै लिङ्देनलाई सहयोग गर्ने बताइन्।

उनले पार्टीमा अब युवा पुस्ताको भूमिका रहनुपर्ने भनाइका साथ आफूले लिङ्देनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। यसअघि उनी अध्यक्ष कमल थापाको पक्षमा थिइन्।

अध्यक्ष थापाको प्रतिद्वन्द्वीको रुपमा उम्मेदवार घोषणा गरेका लिङ्देनलाई साथ दिने बताएपछि थापाको सर्वत्र चर्चा भएको छ। राप्रपापको केन्द्रीय सदस्यसमेत रहेकी थापा २०७३ सालबाट राप्रपामा लागेर राजनीति गरिरहेकी छन्।

जतिबेला अध्यक्ष थापाले टिका लगाएर उनलाई पार्टीमा प्रवेश गराएका थिए। थापालाई राप्रपा प्रवेश गराउने काम कोमल वलीले गरेकी थिइन्। थापा त्यसअघि नेकपा माओवादी केन्द्रमा थिइन्।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि अधिवेशन यही मंसिर १५ गतेबाट हुँदैछ।

प्रतिक्रिया