टी–२० महिला क्रिकेटः नेपाल र कुवेत भिड्दै, कुवेतले २४ रन बनाउँदा ५ विकेट गुमायो
काठमाडौं – युएईमा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया छनौटको आप्mनो तेस्रो खेलमा कुवेतसँग खेलिरहेको छ ।
कुवेती महिला टिमले टस जितेर पहिले ब्याटिङ गरेको छ । ताजा स्कोरअनुसार कुवेतले १० ओभरमा २४ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ ।
नेपालका लागि करुणा भण्डारीले २ विकेट लिइसकेकी छिन् भने सरस्वती कुमारीले पनि १ विकेट हात पारेकी छन् ।
त्यस्तै कुवेतकी पिंयादा मुराली १० रन बनाउँदा रनआउट भएकी छिन भने अन्य ३ खेलाडी शुन्यरनमा आउट भएका छन् ।
पहिलो खेलमा पराजय भोगेको नेपालले दोस्रो खेलमा मंगलबार भुटानलाई पराजित गरेको थियो । प्रतियोगितामा युएईले दुवै खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा नेपालसँगै युएई, मलेशिया, हङकङ, भुटान, कुवेतले भाग लिइरहेका छन् ।
नेपालले यस अघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
कुवेतले भने अघिल्ला दुबै खेलमा पराजय भोगेको छ । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्योहोरेको थियो ।