राजेन्द्र लिङ्देनले गरे राप्रपा अध्यक्षमा उमेदवारी घोषणा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। आज दरबारमार्गस्थित एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्षको उम्मेदवार दिने घोषणा गरेका हुन्।

‘अध्यक्षत्रयबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौँ है भनेर हामीले कार्यक्रम गरेका हौँ। धवलले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु,’ उनले भने।

लिङ्देनले अब महाधिवेशनमा अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन्। उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलनमा उपस्थित भएका नेता लिङ्देनले आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको बताए।

राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, कांग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको लिङ्देनको भनाइ छ।

उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल रहने घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताए।

महामन्त्रीमा उमेदवारी दिने तयारी गरेका राणाले आफूहरु राजासहितको प्रजातन्त्रको पक्षमा रहेको र हिन्दु राष्ट्रको चाहना गरिएको बताए।

प्रतिक्रिया