‘कति बस्छौ माइतीकै कौसीमा’ मा पुनः देखियाे दीपाश्री र केदारको जाेडी


काठमाडौं – स्वर्गीय गायक राम थापाको स्वर रहेको गीत ‘कति बस्छौ माइतीकै कौसीमा’ को नयाँ भर्सन समेत बनाइएको छ । मुरारी प्रसाद लामिछानेको शब्द, संगीत रहेको गीतको अहिलेको भर्सनमा अन्जु पन्त र मिलाम श्रेष्ठको स्वर छ ।

गीतको संगीत र शब्दमा भीम विष्टले पहिलेभन्दा केही नयाँ दिने कोसिस गरेका छन् । ‘छक्का पन्जा’ टिमको निर्देशनमा तयार भएको गीतको भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’, निर्मल शर्मा, बुद्धि तामाङ लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोमा हरि हुमागाईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र विक्रम स्वरको कोरियोग्राफी छ ।

भिडियोः

प्रतिक्रिया