

हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरु पक्राउ

मोरङ – बुढीगंगा गाउँपालिका-६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका-४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोर रहेका छन् ।
गत कात्तिक २८ गते राति धारिलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

