मकवानपुरबाट ३५ किलो गाँजासहित ५ जना पक्राउ


हेटौँडा – मकवानपुर प्रहरीले यात्रुवहाक बसबाट ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरिको टोलीले पूर्व-पश्चिम लोकमार्गमा चितवनबाट हेटौँडा आइरहेको बा ८ ख ८१०६ नम्बरको यात्रुवहाक बस चेकजाँच गर्दा ३५ किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता देवेन्द्र दासका अनुसार बसको पछाडिको सिटमा सवार ५ जनालाई झोलामा लुकाइछिपाई राखेको गाँजासहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका १ का सरोज तामाङ, सोही नगरपालिका वडा नम्बर ११ का सूर्यबहादुर स्याङबो, होमनाथ मोक्तान, यमराज मोक्तान र एबीलाल तामाङ रहेका छन्।

प्रतिक्रिया