शुक्रवार थपिए १० हजार ७ सय ३ संक्रमित, ३ जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ नमुनाको परीक्षण गर्दा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको हो । जसमा १८ हजार ८१८ पीसीआर परीक्षणबाट ८ हजार ८१५ तथा ४ हजार ४७४ एन्टिजिन परीक्षणबाट १ हजार ८८८ संक्रमित पाइएका हुन् ।

आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या ११ हजार ६ सय ३५ पुगेको छ । पछिल्लो केही दिनयता निरन्तर संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमितको सङ्ख्या ६५ हजार ३ सय ७४ पुगेको छ । निको हुने दर घटेर ९१.४ प्रतिशतमा पुगेको छ । पछिल्लो २४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् ।

उपत्यकामा पाँच हजार तीन सय संक्रमित थपिए, सक्रिय संक्रमित ४२ हजार बढी
कोरोना भाइरसको महामारीबाट शुक्रबार काठमाडौं उपत्यकामा मात्रै पाँच हजार दुई सय ९९ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा मात्रै ४ हजार २७९, ललितपुरमा ५६७ तथा भक्तपुरमा ४५३ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया